नवलपरासी पश्चिममा झडप नियन्त्रण गर्न गएको प्रहरीको गाडी जलाइयो, १५ जना घाइते

काठमाडौं । दुई समूहबीच झडप हुँदा नवलपरासी पश्चिमको पाल्हिनन्दन गाउँपालिका–३ स्थित बेलासपुर क्षेत्र तनावग्रस्त बनेको छ । 

स्थितिलाई नियन्त्रणमा लिन केही राउण्ड हवाई फायर गरिएको जिल्ला प्रशासन कार्यालय, नवलपरासीले जनाएको छ । सोमबार राति दुई स्थानीय व्यक्तिबीच झगडा भएको थियो । सोही विषयलाई लिएर आज दुई समूहबीच झडप भएको प्रहरीले जनाएको छ । 

झडपका क्रममा प्रदर्शनकारीले प्रहरीको गाडी जलाएका छन । प्रहरीले  गाडी जलाएपछि स्थिती नियन्त्रणमा लिन केही राउण्ड हवाइफायर गरेको बताइएको छ । घटनामा प्रहरी र स्थानीयसहित कम्तीमा १५ जना घाइते भएका छन् । अहिले स्थिति सामान्य बन्दै गइरहेको प्रहरीको दाबी छ । 

यसैविच स्वतन्त्र सांसद अमरेशकुमार सिंहले नवलपरासी पश्चिममा प्रहरीले गोली चलाएको भन्दै सरकारको जवाफ माग गरेका छन् ।

प्रतिक्रिया