इजरायलले गाजास्थित अस्पतालमा गरेको आक्रमणप्रति एमालेको आपत्ति

पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले अस्पतालमा उपचार गराइरहेका बिरामी, उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि इजरायलले आक्रमण गरेकोमा आपत्ति जनाएका छन । आज प्रेस विज्ञप्ती जारी गर्दै उनले  बिरामीका कुरुवा  आफन्त र अस्पताल परिसरमा शरण लिइरहेका नागरिक गरी ५ सय भन्दा बढी मारिएको खबरले स्तब्ध भएको बताएका हुन । रकेट आक्रमणबाट ठूलो विस्फोटसहित सिङ्गो अस्पताल भवन नष्ट हुनुका साथै बालबालिकासहित सयौंको सङ्ख्यामा मानिसहरू हताहत भएको विषय जति निन्दा गरे पनि कमी हुने विज्ञप्तीमा उल्लेख छ । नेकपा एमाले शान्तिको पक्षमा रहेको र जुनसुकैखाले द्वन्द्व र समस्याको समाधान शान्तिपूर्ण वार्ताद्वारा गरिनुपर्छ भन्ने मान्यता राख्ने पार्टीले जनाएको छ । निहत्था नागरिक, अस्पतालमा उपचार गराइरहेका बिरामी र स्वास्थ्यकर्मीको ज्यान लिने गरी गरिएको अमानवीय आक्रमणबाट अन्तर्राष्ट्रिय कानुन, मानव अधिकार र मानवीयताका सबै सीमा उल्लङ्घन भएको पनि एमालेले जनाएको छ ।  एमालेले सबैखाले आक्रमण रोक्न सम्बन्धित पक्षलाई आह्वान समेत गरेको छ ।

प्रतिक्रिया