अहिलेको परिवर्तन माओवादीले ल्याएको अध्यक्ष दाहालको दाबी

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अहिलेको परिवर्तनमाथि प्रश्न उठाउन खोजिएको बताएका छन् ।

सोमवार झापाको कचनकवलमा शुरु भएको जनतासँग माओवादी अभियानको उद्घाटन गर्दै अध्यक्ष दाहालले  अहिलेको परिवर्तनत त्यत्तिकै नआएको बताए ।  अध्यक्ष हजारौँ वीर शहीदहरुको रगत र पसिनाबाट अहिलेको परिवर्तन सम्भव भएको उल्लेख गरे । अध्यक्ष दाहालले माओवादीले ल्याएको अहिलेको परिवर्तनमाथि प्रश्न उठाउने गरिएको भन्दै आपत्ति समेत जनाएका छन् । 

अध्यक्ष दाहालले एकथरीले प्राप्त उपलब्धि खोस्न संविधानमाथि आक्रमण गर्ने गरेको समेत बताए ।
 

प्रतिक्रिया