राजेन्द्र महतोको पार्टीले चुरे दोहन र वन विनाश विरुद्ध संघर्ष गर्ने
काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी, नेपालका अध्यक्ष राजेन्द्र महतोले चुरे दोहन, वन विनाश तथा मधेस सरकारको वेथितिविरुद्ध संघर्ष गर्ने बताएका छन् ।
सोमवार काठमाडौंमा आयोजित पार्टीको प्रथम केन्द्रिय कार्यसमितिको बिस्तारित बैठकमा महतोले काठमाडौं उपत्यकामा भइरहेको गैरन्यायिक सडक बिस्तारको विरुद्धमा पनि संघर्ष जारी राख्ने बताए । चुरे दोहन, वन विनास तथा मधेस सरकारको वेथितिविरुद्ध पार्टीले गरेको आन्दोनलका विषयमा परिषद बैठकमा छलफल हुने महतोको भनाइ छ ।
बिस्तारित बैठकमा अध्यक्ष महतो लगायत केन्द्रिय परिषद सदस्यहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए । विविध विषयमा छलफल तथा निर्णय गर्न सोमवार बसेको परिषद् बैठक मंगलवारसम्म जारी रहने पार्टीले जनाएको छ ।
उपकुलपति सिफारिस प्रक्रिया यथाशीघ्र टुङ्ग्याउन ध्यानाकर्षण

पाल्पाका शिव मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
जुम्लाकोटमा क्षयरोगका नयाँ बिरामी पत्ता लगाउन ‘स्क्रिनिङ’ गरिँदै
अब ५० लाख डलरमा अमेरिकी नागरिकता किन्न पाइने

प्रतिक्रिया