नेपाल प्रहरी र सशस्त्र प्रहरीको कार्यादेश र कार्यक्षेत्र स्पष्ट पार्न सांसदहरुको माग

काठमाडौ । सशस्त्र प्रहरी बल, नेपाल विधेयकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको कार्यादेश र कार्यक्षेत्र स्पष्ट पार्नुपर्ने माग सांसदहरुले गरेका छन । सोमवारको बैठकमा सशस्त्र प्रहरी विधयेकमाथिको छलफलमा सांसदहरुले सशस्त्र प्रहरीको परिचालन प्रमुख जिल्ला अधिकारीमार्फत हुने व्यवस्थाले राजनीतिक हस्तक्षेप निम्त्याउने खतरा रहेको बताएका हुन । नेकपा एमालेका सांसद योगेश भट्टराईले सशस्त्र प्रहरी बल अर्धसैनिक चरित्रको रहेको उल्लेख गर्दै चेन अफ कमाण्डमा चल्नेगरी विधेयक ल्याउनुपर्ने बताए ।
नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले सशस्त्र प्रहरीको महानिरीक्षकको दज्र्यानी चिन्ह प्रधानमन्त्री या गृहमन्त्रीले लगाइदिने कानूनी प्रबन्ध आवश्यक रहेको बताए ।
नेकपा माओवादी केन्द्रकी सांसद विमला सुवेदीले सशस्त्र प्रहरी बल नेपाललाई संविधानको मर्म र भावनाअनुरुप जनउत्तरदायि बनाउन आवश्यक रहेको बताइन ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले नेपाल प्रहरी विधेयक र सशस्त्र प्रहरी बलको विधेयकको प्रश्तावना नै हुबहु रहेको भन्दै गृहमन्त्रीको आलोचना गरे ।
सांसदहरुले विधेयकहरुलाई संघीयता कार्यान्वयनको रुपमा समेत हेरिएको उल्लेख गर्दै राजनीतिक स्वार्थ राखिएको भन्दै आशंका व्यक्त समेत गरेका छन । विधेयक गृहमन्त्री रमेश लेखकले गत माघ २७ गते प्रतिनिधि सभामा दर्ता गराएका थिए।

जनताका समस्या बुझ्न अभियान उपयोगी हुने अध्यक्ष दाहालको विश्वास
महाशिवरात्रीमा स्नान गर्न महाकुम्भमा भक्तजनको भीड

अन्तर्राष्ट्रिय महिला फुटबल : आज नेपाल र म्यानमार उपाधिका लागी भिड्दै
अमेरिका र युक्रेन खनिज सम्बन्धी सम्झौताका शर्तमा सहमत

भद्रपुरझापा गोल्डकप : झापा–११ र भुटानको डागा युनाइटेड भिड्दै

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
विदेशीको इसारामा देशको अर्थतन्त्र चलाउने अर्थमन्त्री हुन्जेल देश बन्दैनः प्रेम सु…

प्रतिक्रिया