वाणिज्य बैंकहरुमा नयाँ ब्याजदर लागू
वाणिज्य बैंकहरुले आजदेखि लागू हुने गरि ब्याजदर संशोधन गरेका छन् । अधिकांश वाणिज्य बैंकले वित्तीय प्रणालीमा तरलता सहज हुँदै गएपछि बैंकहरुले ब्याजदर घटाएका छन । सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये १४ बैंकले कात्तिकका लागि व्यक्तिगत मुद्दती निक्षेपको ब्याज घटाएका हुन । चारवटा बैंकको ब्याजदर स्थिर छ । सबैभन्दा बढी ब्याजदर एभरेष्ट बैंकले एक दशमलब ८३ प्रतिशत विन्दुले ब्याज घटाएको छ । त्यस्तै प्राइम कमर्सियल बैंकले १ दशमलब ११ प्रतिशत विन्दुले, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ दशमलब ०२ प्रतिशतले र नविल बैंकले असोजमा भन्दा १.०३ प्रतिशत विन्दुले ब्याज घटाएका छन । भदौ र असोजमा करिब एक खर्ब कर्जा प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ । सो अवधिमा वित्तीय प्रणालीमा २ खर्ब ७३ अर्ब थपिएको छ । त्यसमध्ये करिब ६० अर्ब रकम स्थानीय तहको हो ।
प्रतिक्रिया