दशैँ मनाउन एकै दिन एक लाख जनाले उपत्यका छोडे
दशैँ मनाउन काठमाडौं लगायतका सहर छाड्नेको संख्या बढ्दै गएको छ । ट्राफिक प्रहरीका अनुसार हिजो एकै दिन झण्डै एक लाख यात्रु काठमाडौँ उपत्यकाबाट बाहिरिएका छन् । यो अवधिमा उपत्यका भित्रिनेको संख्या भने ५७ हजार ५ सय १ रहेको छ । कलंकी, बल्खु र कोटेश्वरमा गाडी र यात्रुको चाप बढेको ट्राफिक प्रहरीको भनाइ छ । घटस्थापनादेखि अहिलेसम्म झण्डै साढे दुई लाख जना काठमाडौँ उपत्यकाबाट आफ्नो जन्म घर फर्किएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ । स्कुल कलेज बिदा भएसँगै गाउँ घर फर्किनेको संख्या बढिरहेको छ । सरकारी कार्यालय विदा भएपछि शुक्रबारवाट यो सख्या अझै बढने अपेक्षा गरिएको छ । बसको अग्रिम टिकट बुकिङ खुला गरेर यात्रालाई व्यवस्थित बनाउने प्रयास गरेको यातायात व्यवसायीले दावी गरेपनि यात्रुहरुले टिकट र सिट नपाएको गुनासो गरेका छन ।
प्रतिक्रिया