कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने

कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज विश्वासको मत लिने भएका छन् । सत्तारुढ गठबन्धनबाट बिद्रोह गरी नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री भएका कार्कीले आज बिश्वासको मत लिन लागेका हुन् । गठबन्धन भन्दा बाहिर रहेको एमालेको समर्थनमा संविधानको धारा १ सय ६८ को उपधारा ५ बमोजिम उनी मुख्यमन्त्री नियुक्त भएका थिए । नवनियुक्त मुख्यमन्त्री कार्कीले आज संविधानको धारा १ सय ६८ को उपधारा ४ बमोजिम विश्वासको मत लिन लागेका हुन । जसका लागि अपरान्ह प्रदेश सभा बैठक आब्हान गरिएको छ । मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था रहेको भए पनि कार्कीले भने नियुक्त भएको एक हप्ता नबित्दै मुख्यमन्त्री पदका लागि बिश्वासको मत लिन लागेका हुन् । नेपाली कांग्रेसबाट विद्रोह गरेर कांग्रेसका ८ र नेकपा एमालेका ३९ जना सांसदको समर्थनमा कार्की गत २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए । उनले आइतबार पद तथा गोपनीयताको शपथ लिएका थिए । मुख्यमन्त्री कार्कीलाई एमाले, उनको पार्टी नेपाली कांग्रेससहित नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले पनि विश्वासको मत दिने जनाएका छन् । राप्रपा र जसपाले भने मत नदिने भएका छन । 
 

प्रतिक्रिया