प्रतिपक्षी माओवादीको तराई–मधेस जागरण अभियान सुरु हुँदै

काठमाडौं । नेकपा माओवादी केन्द्रको हुलाकी राजमार्ग केन्द्रीत तराई–मधेस जागरण अभियान आजदेखि सुरू हुँदैछ । झापाको कचनकबलबाट माओवादी अध्यक्ष पुष्पकमल दाहालले जागरण अभियानको सुरू गर्ने कार्यक्रम छ ।
अभियानमार्फत माओवादी केन्द्रले मुलुकको राष्ट्रिय राजनीतिक परिस्थिति र पार्टीको नीति कार्यक्रमलाई जनस्तरसम्म पु¥याउने, पार्टीलाई जनतासँग जीवन्त रूपमा जोड्ने, पार्टी संगठनलाई स्थानीयस्तरसम्म विस्तार गर्ने, जनताबाट सुझावहरू संकलन गर्ने, जनता र पार्टी नेतृत्वबीच सम्बन्ध विस्तार गर्ने लगायतका उद्देश्य राखेको छ । अभियानमा जनसभा, चोकसभा, अन्तरक्रिया, जनभेटघाट लगायत कार्यक्रम हुने माओवादी केन्द्रले बताएको छ ।
अभियानमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू, महासचिव र उपमहासचिवहरूका साथै सांस्कृतिक टोली रहनेछन् । सम्बन्धित प्रदेशक, जिल्लाका पार्टीका नेता, जनवर्गीय संगठनका नेताहरू पनि सहभागी हुने माओवादीको भनाइ छ । कोशी प्रदेशमा झापा, मोरङ, सुनसरीमा कार्यक्रम हुनेछ ।
मधेसमा सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सामा नै कार्यक्रम हुनेछ। बागमती चितवन, गण्डकीमा नवलपुर, लुम्बिनीमा नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बर्दिया, बाँकेमा कार्यक्रम तय भएका छन ।
सुदूरपश्चिम प्रदेशमा कैलाली र कञ्चनपुरमा कार्यक्रम गरिने माओवादी केन्द्रले जनाएको छ । जागरण अभियान चैत ७ गते कञ्चनपुर पुगेर सकिनेछ ।
लक्ष्यको तुलनामा धान खरिद कम

होटल बन्दीपुर हिल अन्तिम चरणमा
मुख्यमन्त्री कार्कीद्वारा शिवरात्रि पर्वको शुभकामना

प्रतिक्रिया