शान्ति स्थापनाका लागि आफू पद छोड्न तयार : युक्रेनी राष्ट्रपति जेलेन्स्की

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेनमा शान्ति स्थापनाका लागि आफू राष्ट्रपति पद छोड्न तयार रहेको बताएका छन । उनले युक्रेनको नेटो सदस्यताका लागि पनि पद छोड्न तयार रहेको प्रतिक्रिया दिएका छन ।
राजधानी किभमा वर्ष २०२५ फोरममा पत्रकारहरूसँग कुरा गर्दै जेलेन्स्कीले युक्रेनलाई युरोप र अमेरिका दुवैको समर्थन आवश्यक रहेकोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राखेको दुर्लभ खनिज साझेदारी गर्ने प्रस्ताव मान्न पनि आफू तयार रहेको बताएका हुन । यसअघि आफूले राज्य नबेच्ने भन्दै यो प्रस्ताव खारेज गरेका थिए ।
जेलेन्स्कीले अमेरिकाले रुसलाई युद्ध अन्त्य गर्न मनाएमा अमेरिकासँग खनिजका विषयमा कुरा गर्न तयार रहेको बताए । यसैबीच, शान्ति सम्झौताका लागि युरोपेली देशका नेताहरुको बैठक आजदेखि युक्रेनमा बस्दैछ ।
बैठकमा आउँदो वर्षको लागि आ–आफ्नो देशको रणनीति र युक्रेनको सुरक्षा ग्यारेन्टीको बारेमा पनि छलफल गर्ने बताइएको छ ।
थाइल्याण्डमा बस दुर्घटना, १८ जनाको मृत्यु

जनताका समस्या बुझ्न अभियान उपयोगी हुने अध्यक्ष दाहालको विश्वास
महाशिवरात्रीमा स्नान गर्न महाकुम्भमा भक्तजनको भीड

अन्तर्राष्ट्रिय महिला फुटबल : आज नेपाल र म्यानमार उपाधिका लागी भिड्दै
अमेरिका र युक्रेन खनिज सम्बन्धी सम्झौताका शर्तमा सहमत

भद्रपुरझापा गोल्डकप : झापा–११ र भुटानको डागा युनाइटेड भिड्दै

प्रतिक्रिया