सुशासन र समृद्धिको यात्रामा साथ दिन प्रधानमन्त्रीको कर्मचारीलाई आग्रह
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई छिटोछरितो सेवा दिएर सुशासन र समृद्धिको यात्रामा साथ दिन राष्ट्रसेवक कर्मचारीलाई आग्रह गरेका छन् ।
प्रधानमन्त्री ओलीको ७४औँ जन्मदिनका अवसरमा शुुभकामना दिन आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सिंहदरबारमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूलाई गरिएको ‘वर्थ डे विस’ले देशको गरिबी हटाउने तथा सुशासन र समृद्धि कायम गर्ने कामको नेतृत्व गर्नमा सफलता मिलेमा त्यसको सार्थकता हुने बताए ।
सो अवसरमा गृहमन्त्री रमेश लेखक, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुुप्रसाद रिमाल, सरकारका मुख्यसचिव एकनारायण अर्याल, सचिवहरु र राष्ट्रसेवक कर्मचारीको सहभागिता रहेको थियो ।
यसैबीच, प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष ओली आज एमाले केन्द्रीय कार्यालयले ललितपुरको च्यासलमा आयोजना गरेको जन्मदिनको कार्यक्रममा समेत सहभागी भएका थिए ।
राजनीतिक स्वार्थका कारण जलवायुको क्षेत्रमा लक्ष्यअनुसार काम भएनः ट्रान्सपरेन्सी
फास्ट ट्रयाकको निर्माण अवधि लम्बिने निश्चित
गैरकानूनी बाटोबाट वैदेशिक रोजगारीमा गएकाहरुलाई कानूनी मान्यता दिनु हुँदै…
प्रधानमन्त्री ओली संसद विघटन गर्न अग्रसर रहेको माओवादी केन्द्रको आरोप
मोन्ट्रियल प्रोटोकल किंगाली अनुमोदन गर्दा नेपाललाई कुनैपनि वित्तीय प्रभाव पर्दै…
प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त भ्रष्टाचार निवारणसम्बन्धी विधेयक राष्ट्रिय सभा…

प्रतिक्रिया