राजनीतिक स्वार्थका कारण जलवायुको क्षेत्रमा लक्ष्यअनुसार काम भएनः ट्रान्सपरेन्सी
काठमाडौ । ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले नीतिगत समस्या र राजनीतिक स्वार्थका कारणले नेपालले जलवायु परिवर्तनको असर कम गर्न लक्ष्यअनुसार काम गर्न नसकेको बताएको छ ।
आईतवार ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालको जलवायु सम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका अध्यक्ष मदनकृष्ण शर्माले नीतिगत समस्याका कारण लक्ष्यअनुसार जलवायुको क्षेत्रमा कार्य गर्न नसकिएको बताए ।सही ठाउँमा सही मान्छेलाई नियुक्त गर्न सके व्यवस्थापकीय क्षमतामा वृद्धि हुँदै जाने उनको भनाई छ ।
ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले दाताहरुको सहयोगमा जलवायु परिवर्तनको असर कम गर्नको लागि सञ्चालित आयोजनाहरुको विश्लेषण गरेर प्रतिवेदन सार्वजनिक गरेको हो । सार्वजनिक प्रतिवेदनमा विश्व बैंक, एशियाली विकास बैंक, जर्मन सरकार, ग्रीन क्लाइमेट फन्ट (जिसिएफ)को सहयोगमा सञ्चालित आयोजनाहरुको विश्लेषण गरिएको छ
सुशासन र समृद्धिको यात्रामा साथ दिन प्रधानमन्त्रीको कर्मचारीलाई आग्रह
फास्ट ट्रयाकको निर्माण अवधि लम्बिने निश्चित
गैरकानूनी बाटोबाट वैदेशिक रोजगारीमा गएकाहरुलाई कानूनी मान्यता दिनु हुँदै…
प्रधानमन्त्री ओली संसद विघटन गर्न अग्रसर रहेको माओवादी केन्द्रको आरोप
मोन्ट्रियल प्रोटोकल किंगाली अनुमोदन गर्दा नेपाललाई कुनैपनि वित्तीय प्रभाव पर्दै…
प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त भ्रष्टाचार निवारणसम्बन्धी विधेयक राष्ट्रिय सभा…

प्रतिक्रिया