मोन्ट्रियल प्रोटोकल किंगाली अनुमोदन गर्दा नेपाललाई कुनैपनि वित्तीय प्रभाव पर्दैनः मन्त्री ठकुरी

काठमाडौं । वन तथा वातावरणन्त्री ऐनबहादुर शाही ठकुरीले मोन्ट्रियल प्रोटोकल किंगाली अनुमोदन गर्दा नेपाललाई कुनैपनि वित्तिय प्रभाव नपर्ने स्पष्ट पारेका छन् ।

प्रतिनिधि सभाको आईतवारको बैठकमा सांसदहरुले उठाएका जिज्ञासाहरुको जवाफ दिँदै मन्त्री ठकुरीले  किंगलीले नविकरणीय उर्जा कम गर्न वातावरणीय चिस्यान तथा रेफ्रिजेरेशन प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने लक्ष्य राखेको बताए । किंगाली संशोधनले हाइड्रोफ्लोरो कार्बन तथा हाइड्रोफ्लोरो कार्बन समाविष्ट वस्तुलाई चरणवद्ध रुपमा घटाई सन् २०४५ सम्ममा हालको प्रयोगको ८० प्रतिशत खपत कम गर्ने  मन्त्री शाहीको भनाइ छ । उनले संशोधित प्रोटोकलमा हाइड्रोफ्लोरो कार्बनका १८ वटा समूहलाई नियन्त्रित पदार्थको रुपमा समावेश गरिएको बताए ।

संशोधित प्रोटोकल कार्यान्वयनको लागि वन संरक्षण ऐन र नियमावलीमा काम भइरहेको समेत मन्त्री शाहीको भनाई छ । यसअघि किंगाली संशोधन माथिको छलफलमा सहभागि हुँदै नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले सम्झौता गरिएका विषयमा कस्तो पूर्वतयारी भएको छ ? भन्दै प्रश्न गरेका थिए । सापकोटाले  किंगाली संशोधनका लागि नीतिगत सुधार र पूर्वतयारी नगरिए किसानहरुले किन्ने घरायसी सामानको मूल्य आकाशिने जिकिर गरे । 

बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विनिता कठायतले नेपालले हरितगृह ग्याँस उत्पादनमा न्युन योगदान पु¥याएको भएपनि वातावरणीय तथा जलवायु परिवर्तनका असरहरुबाट उत्तिकै मारमा रहेको बताइन् । उनले जलवायु परिवर्तनको दृष्टिकोणबाट नेपाल चौथो जोखिमयुक्त राष्ट्र भएको बताइन् । 

बैठकमा बोल्ने अधिकांश सांसदहरुले मोन्ट्रियल प्रोटोकल किंगाली संशोधन अनुमोदन गर्दा नेपाललाई वित्तीय प्रभाव पर्न नदिने गरि अनुमोदन गर्नुपर्ने धारणा राखेका छन् । 

प्रतिक्रिया

सुशासन र समृद्धिको यात्रामा साथ दिन प्रधानमन्त्रीको कर्मचारीलाई आग्रह

सुशासन र समृद्धिको यात्रामा साथ दिन प्रधानमन्त्रीको कर्मचारीलाई आग्रह

राजनीतिक स्वार्थका कारण जलवायुको क्षेत्रमा लक्ष्यअनुसार काम भएनः ट्रान्सपरेन्सी

राजनीतिक स्वार्थका कारण जलवायुको क्षेत्रमा लक्ष्यअनुसार काम भएनः ट्रान्सपरेन्सी

फास्ट ट्रयाकको निर्माण अवधि लम्बिने निश्चित

फास्ट ट्रयाकको निर्माण अवधि लम्बिने निश्चित

गैरकानूनी बाटोबाट वैदेशिक रोजगारीमा गएकाहरुलाई  कानूनी मान्यता दिनु हुँदैनः कांग्रेस सांसद कोईराला

गैरकानूनी बाटोबाट वैदेशिक रोजगारीमा गएकाहरुलाई  कानूनी मान्यता दिनु हुँदै…

प्रधानमन्त्री ओली संसद विघटन गर्न अग्रसर रहेको माओवादी केन्द्रको आरोप

प्रधानमन्त्री ओली संसद विघटन गर्न अग्रसर रहेको माओवादी केन्द्रको आरोप

प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त भ्रष्टाचार निवारणसम्बन्धी विधेयक राष्ट्रिय सभामा पढेर सुनाइयो

प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त भ्रष्टाचार निवारणसम्बन्धी विधेयक राष्ट्रिय सभा…

अत्यधिक रक्तस्राव भएपछि एक सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार

अत्यधिक रक्तस्राव भएपछि एक सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार

रास्वपा सांसद कार्कीको प्रस्ताव: ३५ वर्ष यताका सबै भ्रष्टाचारका काण्डहरुको छानविन गरौँ

रास्वपा सांसद कार्कीको प्रस्ताव: ३५ वर्ष यताका सबै भ्रष्टाचारका काण्डहरुको छानवि…