प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त भ्रष्टाचार निवारणसम्बन्धी विधेयक राष्ट्रिय सभामा पढेर सुनाइयो
काठमाडौं । राष्ट्रिय सभा बैठकमा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७६ पढेर सुनाइएको छ ।
आईतवारको राष्ट्रिय सभाको बैठकमा राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले राष्ट्रिय सभाबाट पारित भई सन्देशसहित प्रतिनिधि सभामा पठाइएको भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७६ पढेर सभा समक्ष सुनाएका हुन् ।
त्यस्तै सभामा नै सचिव अर्यालले विद्युतीय व्यापार विधेयकका सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभा समक्ष जानकारी गराई टेबुल गरेका छन् । बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन सभा समक्ष पेश गरेका छन् ।
राष्ट्रिय सभाको अर्को बैठक फागुन १८ गते आईतवार बस्नेगरी स्थगित गरिएको छ ।
सुशासन र समृद्धिको यात्रामा साथ दिन प्रधानमन्त्रीको कर्मचारीलाई आग्रह
राजनीतिक स्वार्थका कारण जलवायुको क्षेत्रमा लक्ष्यअनुसार काम भएनः ट्रान्सपरेन्सी
फास्ट ट्रयाकको निर्माण अवधि लम्बिने निश्चित
गैरकानूनी बाटोबाट वैदेशिक रोजगारीमा गएकाहरुलाई कानूनी मान्यता दिनु हुँदै…
प्रधानमन्त्री ओली संसद विघटन गर्न अग्रसर रहेको माओवादी केन्द्रको आरोप
मोन्ट्रियल प्रोटोकल किंगाली अनुमोदन गर्दा नेपाललाई कुनैपनि वित्तीय प्रभाव पर्दै…

प्रतिक्रिया