जर्मनीमा सङ्घीय सांसद चयनका लागि मतदान

एजेन्सी । जर्मनीको संसदको तल्लो सदन बुन्डेसटागको संरचना तय गर्न आइतबार मतदान भएको छ ।
निर्वाचन यसै वर्ष (सन् २०२५) को सेप्टेम्बरमा हुनुपर्ने भएपनि गत वर्ष सोसल डेमोक्र्याटिक पार्टी (एसपीडी०)ग्रीन्स र फ्रि डेमोक्र्याटिक पार्टीको वर्तमान सत्तारुढ गठबन्धन भत्किएपछि निर्धारित समयभन्दा अघि नै मध्यावधि निर्वाचनको घोषणा भएको हो ।
पछिल्लो सर्वेक्षणअनुसार क्रिश्चियन डेमोक्र्याटिक युनियन (सीडीयू) र क्रिश्चियन सोसल युनियन (सीएसयू) का भ्रातृ दलले अग्रता लिने देखिएको छ ।
फोर्सा इन्स्टिच्युटले शुक्रबार सार्वजनिक गरेको सर्वेक्षणअनुसार सीडीयू र सीएसयूको समर्थनमा २९ प्रतिशत मतदाता रहेको देखिएको छ भने अति दक्षिणपन्थी अल्टरनेटिभ फर जर्मनी (एएफडी) को पक्षमा २१ प्रतिशत र चान्सलर ओलाफ स्कोल्जको एसपीडीको समर्थनमा १५ प्रतिशत रहेको छ ।
स्थिर सङ्घीय सरकार गठनका लागि बुन्डेसटागका ६३० सिटमध्ये बहुमत आवश्यक पर्छ । फोर्सा सर्वेक्षणले २२ प्रतिशत उत्तरदाताहरू अझै पनि चुनावको केही समय अघि आफ्नो छनौटको बारेमा अनिश्चित रहेको देखाएको छ।
स्थानीय समय अनुसार आइतबार बिहान ८ः०० बजे सुरु भएको मतदान १८ः०० बजे सम्पन्न हुने बताइएको छ । कूल २९९ निर्वाचन क्षेत्रमा चारहजार ५०६ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् भने कम्तीमा पाँच करोड ९२ लाख मतदाताले मतदान गर्न पाउने सरकारी तथ्याङ्कले देखाएको छ ।

प्रकृति संरक्षणमा सेनाः बाघ र गैंडाको सङ्ख्या दोब्बर
पूर्वप्रधानमन्त्री थाक्सिनद्वारा दक्षिणी थाइल्यान्डको नरसंहारमा माफी
सिरहामा सवारी दुर्घटना, २ जनाको मृत्यु
पश्चिम किनाराका तीन शरणार्थी शिविर ‘खाली’ गरियो

सांसद बाँस्कोटाको प्रश्न– सहयोगका सम्बन्धमा सरकारले प्रतिवेदन बनाउनुपर्ने ?

नेपाली सेनाद्वारा पाटन दरबार क्षेत्रमा संयुक्त साङ्गीतिक प्रस्तुति

प्रतिनिधिसभाः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

प्रतिक्रिया