तरलता उच्च हुँदा बैंकहरूले घटाए निक्षेपको ब्याजदर
बैंकहरुले कात्तिक एक गतेदेखि लागू हुने गरि निक्षेपको ब्याजदर घटाएका छन । बजारमा अधिक तरलता भएका कारण बैंकहरूले निक्षेपको ब्याजदर घटाएका हुन । कात्तिकमा चाडपर्वले गर्दा बैंकिङ कारोबार कम हुने समय भएकोले अधिकांश बैंकले निक्षेपको ब्याजदर घटाएका हुन् । कर्जाको तुलनामा निक्षेपको वृद्धिदर उच्च भएका कारण अहिले बैंकिङ प्रणालीमा अन्तरबैंक ब्याजदर २ प्रतिशत भन्दा तल छ । सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकमध्ये १३ वटा बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम् ब्याजदर घटाएका छन् । चारवटा ४ वटा बैंकले भने असोजकै ब्याजदरलाई निरन्तरता दिएका छन् । नेपाल एसबीआई बैंक, एनएमबि बैंक र एनआईसी एशिया बैंकले पनि कात्तिकमा निक्षेपको ब्याजदर बढाएका छन । कात्तिकमा व्यक्तिगत मुद्दति निक्षेपमा हिमालयन, एनआईसी र एनएमबिले ११ दशमलब शुन्य शुन्य तीन प्रतिशत ब्याजदर दिने भएका छन् । माछपुच्छ्रे बैंकले साउनदेखि नै व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम् ब्याजदर ९ दशमलब ९९ प्रतिशतलाई नै निरन्तरता दिएको छ । सबैभन्दा कम ब्याजदर भने स्ट्यान्डर्ड चार्टर्ड बैंकले ९ दशमलब २२ प्रतिशत ब्याजदर प्रस्ताव गरेको छ ।
प्रतिक्रिया