इजरायलद्वारा प्यालेस्टिनी कैदीको रिहाइमा ढिलाइ
एनेज्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले हमासले बन्धक रिहाइका समय गर्ने ‘अपमानजनक समारोह’ रोक्ने प्रतिवद्धता नआएसम्म गाजा युद्धविराम सम्झौताअन्तर्गत प्यालेस्टिनी कैदीहरूको सातौँ समूहको रिहाइ प्रक्रिया ढिलो हुने बताएका छन् ।
सम्झौता अन्तर्गत सशस्त्र इस्लामिक लडाकू समूह (हमास) ले शनिबार बन्धकको रिहाइ प्रक्रिया अन्तर्गत सातौ समूहका छ बन्धकको रिहाइ गरिसकेको छ । बदलामा इजरायलले ६ सय प्यालेष्टिनी बन्दीलाई शनिबार नै रिहा गर्ने सहमति भएपनि बन्धक रिहाइका समय हमासले गरेका ‘समारोह’ले हमासले बन्धक बनाएका इजरायली नागरिकको अपमान भएको भन्दै इजरायलले बन्दी रिहा गर्न ढिलाई गरेको छ ।
युद्धविरामको पहिलो चरण जनवरी १९ मा सुरु भएयता हमासले गाजाका विभिन्न स्थानमा भेला भएका समारोहबीच २५ जना जीवित इजरायली बन्धकलाई रिहा गरिसकेको छ ।
सशस्त्र नकाबपोश लडाकुहरूले बन्दीहरूलाई नाराले सजिएका मञ्चहरूमा राख्ने, सम्बोधन गर्न लगाउने र हात हल्लाउन लगाएर विदाइ गर्नेजस्ता कार्यप्रति इजरायलले आपत्ति जनाएको हो ।
रेडक्रसले यसअघि ‘सबै पक्ष’लाई ‘सम्मानजनक र निजी’ तरिकाले बन्धक र बन्दीको आदानप्रदानका लागि आग्रह गरेको थियो ।
सातौं समूह अन्तर्गत हमासले शनिबार छ जना इजरायली बन्दीलाई रिहा गरेको थियो तर इजरायलले बदलामा प्यालेस्टिनी कैदीलाई रिहा गर्न रोकेको थियो ।

प्रकृति संरक्षणमा सेनाः बाघ र गैंडाको सङ्ख्या दोब्बर
पूर्वप्रधानमन्त्री थाक्सिनद्वारा दक्षिणी थाइल्यान्डको नरसंहारमा माफी
सिरहामा सवारी दुर्घटना, २ जनाको मृत्यु
पश्चिम किनाराका तीन शरणार्थी शिविर ‘खाली’ गरियो

सांसद बाँस्कोटाको प्रश्न– सहयोगका सम्बन्धमा सरकारले प्रतिवेदन बनाउनुपर्ने ?

नेपाली सेनाद्वारा पाटन दरबार क्षेत्रमा संयुक्त साङ्गीतिक प्रस्तुति

प्रतिनिधिसभाः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

प्रतिक्रिया