पूर्वराजाको अभिव्यक्तिलाई लिएर समाजमा अराजकता फैलाइयो : कांग्रेस सांसद न्यौपाने
काठमाडौं । नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा पूर्वराजाले सार्वजनिक गरेको अभिव्यक्तिलाई लिएर समाजमा अराजकता फैलाइएको भन्दै आपत्ति जनाएकी छिन् ।
आईतवारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद न्यौपानेले वर्तमान व्यवस्था ल्याउन कुनै योगदान नदिएकाहरुले नै समाजमा अराजकता फैलाइरहेको बताएकी हुन् । उनले पूर्वराजाको अभिव्यक्तिलाई लिएर समाजमा वर्तमान व्यवस्था नै ठिक छैन भनेर डंका पिटिएको टिप्पणी गरिन् ।
सांसद न्यौपानेले लोकतन्त्रमा बोल्न पाइने भएपनि समाजलाई अराजकतातिर धकेल्ने छुट कसैलाई पनि नभएको उल्लेख गरिन् ।
सांसद न्यौपानेले व्यक्तिले गरेको गल्तिलाई सुधार गर्दै लैजान सकिने भएपनि व्यवस्थामाथिको प्रहार कुनैपनि बहानामा स्वीकार्न नसकिने बताईन् ।
सुशासन र समृद्धिको यात्रामा साथ दिन प्रधानमन्त्रीको कर्मचारीलाई आग्रह
राजनीतिक स्वार्थका कारण जलवायुको क्षेत्रमा लक्ष्यअनुसार काम भएनः ट्रान्सपरेन्सी
फास्ट ट्रयाकको निर्माण अवधि लम्बिने निश्चित
गैरकानूनी बाटोबाट वैदेशिक रोजगारीमा गएकाहरुलाई कानूनी मान्यता दिनु हुँदै…
प्रधानमन्त्री ओली संसद विघटन गर्न अग्रसर रहेको माओवादी केन्द्रको आरोप
मोन्ट्रियल प्रोटोकल किंगाली अनुमोदन गर्दा नेपाललाई कुनैपनि वित्तीय प्रभाव पर्दै…
प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त भ्रष्टाचार निवारणसम्बन्धी विधेयक राष्ट्रिय सभा…

प्रतिक्रिया