विद्यालयको रकम दुरुपयोग गरेको आरोपमा प्रधानाध्यापक निलम्बित
विद्यालयको रकम दुरुपयोग गरेको आरोपमा पर्वतस्थित नारायण उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक निलम्बित भएका छन । कुश्मा–४ मा रहेको विद्यालयले विद्यार्थीहरुबाट विभिन्न शिर्षकमा उठाएको शुल्क अलचलन गरेको आरोपपछि प्रधानाध्यापक गोविन्द पोखरेल निलम्बनमा परेका हुन । नयाँ जिम्मेबारी पाएका निमित्त प्रधानाध्यापकले अनियमिताको छानविन गर्ने प्रतिबद्धता जनाएका छन । आरोपी पोखरेलले अनियमिता छानविनमा सघाउने बताएका छन ।
विद्यालयको रकम अपचलन भएको खबर एभिन्यूजमा प्रशारण भएपछि अभिभावक र सरोकारवालले त्यसबारेमा प्रश्न उठाएका थिए । रकम हिनामिनाकै आरोपमा दुई कर्मचारी तुलसी श्रेष्ठ र शिशिर पौडेललाई पनि पदमुक्त गरिएको छ । विद्यार्थीवाट संकलन गरिएको करिव २४ लाख रुपैया हिनामिना गरेको आरोप प्रधानाध्यापक र कर्मचारीमाथि छ । विद्यार्थीवाट संकलित मासिक सुल्क बैंकमा जम्मा नभएको देखिएपछि अनियमिता बाहिर आएको थियो । विद्यालयमा १ हजार दुई सय विद्यार्थी अध्ययनरत छन ।
प्रतिक्रिया