सहकारीको रकम ठगी गर्नेहरुको सम्पती रोक्का गरी पीडितलाई फिर्ता गर्नुपर्छः सांसद कोईराला
काठमाडौं । राष्ट्रिय सभामा नेकपा एमाले सांसद रुक्मिणी कोईरालाले सहकारीको रकम ठगी गर्नेहरुको सम्पती रोक्का गरी पीडितलाई फिर्ता गराउनुपर्ने बताएकी छिन् ।
राष्ट्रिय सभाको आईतवारको बैठकमा बोल्दै उनले सहकारीलाई बद्नाम गर्न, देशव्यापी रुपमा सहकारी अनियमितता र सहकारी ठगहरुको सञ्जाल सल्बलाएको बताइन् । सांसद कोइरालाले सहकारी कानून बनाउनका लागि अपरिहार्य रहेको भन्दै भूमिसम्बन्धी अध्यादेश भूमिहीन दलित तथा भूमिहीन सुकुम्वासीलाई जोखिम हुने ठाउँबाट अन्यत्रै बसोवासको व्यवस्था मिलाउने गरी आएको उल्लेख गरिन् ।
सुशासन सम्बन्धी अध्यादेश पनि आम नागरिकको चाहना बमोजिम जवाफदेही र पारदर्शी बनाइ छिटो छरितो ढंगबाट काम अघि बढाउने गरी ऐन आएको बताइन् ।
सुशासन र समृद्धिको यात्रामा साथ दिन प्रधानमन्त्रीको कर्मचारीलाई आग्रह
राजनीतिक स्वार्थका कारण जलवायुको क्षेत्रमा लक्ष्यअनुसार काम भएनः ट्रान्सपरेन्सी
फास्ट ट्रयाकको निर्माण अवधि लम्बिने निश्चित
गैरकानूनी बाटोबाट वैदेशिक रोजगारीमा गएकाहरुलाई कानूनी मान्यता दिनु हुँदै…
प्रधानमन्त्री ओली संसद विघटन गर्न अग्रसर रहेको माओवादी केन्द्रको आरोप
मोन्ट्रियल प्रोटोकल किंगाली अनुमोदन गर्दा नेपाललाई कुनैपनि वित्तीय प्रभाव पर्दै…
प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त भ्रष्टाचार निवारणसम्बन्धी विधेयक राष्ट्रिय सभा…

प्रतिक्रिया