आर्थिक पक्षमा नेपाललाई सुदृढ बनाउन आवश्यक छ: प्रदीप पौडेल

नेपाली काँग्रेसका नेता प्रदीप पौडेलले आर्थिक पक्षमा नेपाललाई सुदृढ बनाउन आवश्यक रहेको बताएका छन । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले राजनीतिक स्वतन्त्रता मात्रै नभइ आर्थिक स्वतन्त्रताका लागि हामीले नेपालमा थुप्रै काम गर्न जरुरी रहेको बताएका हुन । नेता पौडेलले चुनौति भनेको नेपाललाई आर्थिक ढंगबाट कसरी समृद्ध बनाउन सकिन्छ ? भन्ने रहेको उल्लेख गरे । 
नेता पौडेलले संविधानले गैरआवासीय नेपालीलाई त्यही अनुसारको नागरिकता प्रदान गर्ने, सामाजिक,आर्थिक, सांस्कृतिक अधिकारसहितको नागरिकता प्रदान गर्ने सुनश्चितता गरेअनुसार सो कार्यान्वयनका बारेमा पहलकदमी गर्न आवश्यक रहेको बताए । नेपालमा आर्थिक लगानी गर्न चाहने गैरआवासीय नेपालीलाई आर्थिक लगानी गर्न नीतिगत पक्षका व्यवधान हटाउनुपर्ने उनको भनाइ छ । 

प्रतिक्रिया