इजरायलबाट थप १९ नेपालीको उद्धार
हमासको आक्रमणका कारण द्वन्द्वग्रस्त इजरायलबाट समस्यामा परेका थप १९ नेपालीको सरकारले उद्धार गरेको छ । सरकारले भारतीय विमानमार्फत इजरायलमा रहेका १९ नेपालीको उद्धार गरेको हो । आज इजरायलको तेल अभिभबाट भारतको उद्धार विमानमार्फत् नेपालीहरु फर्केका हुन । स्वदेश आउन लागेका नेपालीलाई दिल्लीस्थित दूताबासले सवारी साधनको व्यवस्था गरेर नेपाल पठाउने परराष्ट्र मन्त्रालयले जनाएको छ । नयाँ दिल्लीस्थित दूतावासले इजरायलबाट उद्धार गरी ल्याइएका नेपालीलाई गौरीफन्टा नाका भएर कैलाली आउनेछन । कैलालीबाट जिल्ला प्रशासन कार्यालयले उनीहरुलाई सम्बन्धित स्थानमा पु¥याउने व्यवस्था मिलाएको छ । यसअघि सरकारले नेपाल वायुसेवा निगमको विमानमार्फत २ सय ५३ जनालाई उद्धार गरेको थियो । युद्ध लम्बिदै जाँदा करिव तीन सयले नेपाल फर्किनका लागि दूतावासमा निवेदन दिएका छन ।
प्रतिक्रिया