प्रतिनिधिसभा बैठक आज बस्दै
काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज (आइतबार) बस्दैछ ।
बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । बैठकमा प्रधानमन्त्री के.पी. शर्मा ओलीले मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै, गृह मन्त्री रमेश लेखकले नेपाल प्रहरी विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
त्यसैगरी, वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरीले मोन्ट्रियल प्रोटोकल किगाली संशोधनमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने संसद् सचिवालयले जानकारी दिएको छ ।

सांसद बाँस्कोटाको प्रश्न– सहयोगका सम्बन्धमा सरकारले प्रतिवेदन बनाउनुपर्ने ?

नेपाली सेनाद्वारा पाटन दरबार क्षेत्रमा संयुक्त साङ्गीतिक प्रस्तुति

प्रतिनिधिसभाः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

जर्मनीमा सङ्घीय सांसद चयनका लागि मतदान

प्रतिक्रिया