अन्तर्राष्ट्रिय महिला फुटबल : आज नेपाल र म्यानमार भिड्ने

काठमाडौं । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज (आइतबार) म्यानमारसँग खेल्दैछ ।

काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज साँझ ६ बजे नेपाल र म्यानमारबीचको खेल शुुरू हुनेछ । नेपालले लिग चरणको अन्तिम खेल खेल्न लागेको हो । 

अन्तिम खेल अघि नै नेपाल फाइनल प्रवेश गरिसकेको छ । नेपालले यसअघि किर्गिस्तान र  लेबनानलाई १/१ गोलले हराउँदै फाइनलमा स्थान सुरक्षित गरिसकेको छ । म्यानमार नेपालका लागि सबैभन्दा बलियो प्रतिद्वन्द्वी हो । 

नेपालले म्यानमारसँग अहिलेसम्म चार खेल खेलेको छ । ती चारै खेलमा नेपालले जित निकाल्न सकेको छैन । तीन खेलमा पराजित भएको नेपालले एक खेलमा बराबरी खेलेको थियो । म्यानमार पनि यसअघि नै फाइनल पुगिसकेको छ बुधबार म्यानमारसँगै नेपालले फाइनल खेल्नेछ । 

प्रतिक्रिया