अमेरिकी डलरको विनिमय दर १३३ रुपैया पुग्यो
नेपाल राष्ट्र बैंकले आजका लागि एक अमेरिकी डलरको विनिमय दर १ सय ३३ रुपैया ५५ रुपैयाँ तोकेको छ । यो भाउ हालसम्मकै उच्च हो । यसअघि यही असोज ७ मा एक अमेरिकी डलरको विनिमय दर १ सय ३३ रुपैया ५४ रुपैयाँ पुगेको थियो । त्यसयता डलरको भाउमा झिनो कमी देखिए पनि १ सय ३३ भन्दा तल देखिएको झरेको छैन । गत साउन १८ मा भने डलर १ सय २६ रुपैया २५ पैसासम्म झरेको थियो । त्यसयता डलरको भाउ निरन्तर उकालो लागेको छ । अमेरिकी डलरको भाउ निरन्तर उकालो लागेपछि नेपाली मुद्रा हालसम्मकै कमजोर बन्दै गएको छ । राष्ट्र बैंकका अनुसार ०७८ असार मसान्तको तुलनामा ०७९ असारसम्म अमेरिकी डलरसँग नेपाली रुपैयाँ ७ प्रतिशतले अवमूल्यन भएको थियो । तर ०७९ असार मसान्तको तुलनामा गत साउनमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ शुन्य दशमलब तीन प्रतिशतले अधिमूल्यन भएको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपाली रुपैयाँ शुन्य दशमलब पाँच प्रतिशतले अधिमूल्यन भएको थियो । पछिल्ला दिनमा विश्वबजारमा डलरको माग बढिरहेकाले त्यसको भाउ बढेको होरु। डलरको भाउ बढेपछि भारतीय रुपैया हुँदै नेपाली मुद्राको भाउ घटेको हो । भारतीय रुपैयाको विनिमय दर घटबढ भएपछि नेरु पनि प्रत्यक्ष प्रभावित हुने गर्दछ । डलर बलियो बन्दा नेपाललाई लाभ रेमिट्यान्स आप्रवाहमा फाइदा हुने गर्दछ । सबैभन्दा बढी नोक्सानी वस्तु तथा सेवाको आयातबापतको भुक्तानीमा हुने गर्दछ ।
चिनी अभाव ÷लिड
प्रतिक्रिया