पाथीभरा केबलकार विवाद : फुङलिङ बजार क्षेत्रमा निषेधाज्ञा जारी

काठमाडौं । ताप्लेजुङको पाथीभरामा केबलकार निर्माणको विषयलाई लिएर झडप बढ्न थालेपछि फुङलिङ नगरपालिका बजार क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ ।
आज (आइतबार) बिहान ५ बजेबाट लागू हुनेगरी जिल्ला सुरक्षा समितिको बैठकले फुङलिङको बजार क्षेत्र र काफ्लेपाटीको बल्लुडाँडा क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको हो ।
आज बिहान ५ बजेदेखि अर्को आदेश नभएसम्म पाँच जनाभन्दा धेरै मानिस भेला हुन, सभा, जुलुस, प्रदर्शन वा घेराउ जस्ता कार्यक्रम गर्न निषेध गरिएको छ । आदेश उल्लङ्घन गर्ने वा पालनामा अवरोध गर्ने मानिस वा समूहलाई कानून अनुसार कारबाही गर्ने प्रशासनले चेतावनी दिएको छ ।
नो केबलकार पक्षको पदयात्राका क्रममा शनिबार साँझ फुङलिङ बजारको वीरेन्द्र चोकमा प्रहरीसँग झडप भएको थियो । उक्त झडपपछि सुरक्षा अवस्था संवेदनशील बनेको भन्दै ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले स्थानीय प्रशासन ऐन अनुसार निषेधाज्ञा जारी गरेका हुन् ।
सूचनामा उल्लेख भए अनुसार ताप्लेजुङ सदरमुकाम फुङ्लिङ बजार क्षेत्र र पाथीभराको काफ्लेपाटी, बलुडाँडा क्षेत्रमा निषेधाज्ञा कार्यान्वयन हुनेछ।
पूर्वराजा शाहलाई वामदेवको सुझावः संसदबाट प्रधानमन्त्री बनेर नेपालको चौतर्फी व…
जसपाले वैकल्पिक शक्ति निर्माण गर्छः अशोक राई

हरियाली सामुदायिक वनको कम्दी करिडोरमा ९५ वटा क्यामेरा जडान
सांसद थापाको माग : वर्किङ क्यालेण्डर बनाएर समितिको बैठक सञ्चालन गरौँ
सबैको रोजाइ बन्दै कुञ्जपार्क
पूर्वराजाको अभिव्यक्तिलाई लिएर समाजमा अराजकता फैलाइयो : कांग्रेस सांसद न्यौपा…

प्रतिक्रिया