प्रविधिको सही प्रयोग गरेर अघि बढ्नुपर्नेमा विज्ञको जोड

काठमाडौं । प्रविधिको सही प्रयोग गरेर अघि बढ्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । 

काठमाडौंमा शनिवार आयोजित एक कार्यक्रममा बोल्दै विज्ञहरुले प्रविधिको सही प्रयोग गर्न जोड दिएका हुन् । कार्यक्रममा आइटी विज्ञ वशन्त वनले पछिल्लो समय प्रविधि विकास तिब्र गतिमा भइरहेको बताउँदै सोही अनुसार प्रयोग गरी अघि बढ्न चुनौती रहेको बताए । उनले प्रविधिअनुसार आफूलाई समयानुकुल अपग्रेड गर्दै जान नसके मुलुकको विकास नै धेरै पछाडी पर्ने खतरा रहेको बताए । 

उनले मुलुकको आवश्यकताअनुसार अघि बढ्नका लागि रुपान्तरणको ठूलो खाँचो समेत रहेको बताए । 
पूर्वाधारविज्ञ लालकृष्ण केसीले पूर्वाधारको विकास नभई आर्थिक विकास नहुने भन्दै  यातायात, सिंचाई, सुचना प्रविधि, शहरी विकास, जस्ता क्षेत्रहरुलाई राम्रोसँग अघि बढाउन सके यिनिहरुले भविष्यमा राम्रो प्रतिफल दिन सक्ने उल्लेख गरे ।  

अर्का विज्ञ डा. सुदन ओलीले विदेशमा गएका नागरिकको सन्दर्भमा रोजगारी सिर्जना गर्न नसकेपनि स्वदेशमा भएकाहरुलाई नेपालमै रोजगारीको व्यवस्था गर्न जरुरी रहेको  भन्दै चीनले गरिरहेको विकास, गरिबि न्यूनिकरण र प्रविधिको विकासलाई नेपालले समेत सिक्न जरुरी रहेको बताए ।   फ्रेन्ड अन द क्लाउड प्लेटफर्म अफ इन्फ्लुएन्सरका अध्यक्ष सोभित उप्रेतिको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा अर्का विज्ञ डा. केशव बस्यालले सधँै गुनासो गरेर बसिरहने परिपाटीको अन्त्य हुनुपर्नेमा जोड दिएका थिए । 

प्रतिक्रिया