स्काउटको अवस्था देशभर खस्किँदै गएको छः मन्त्री चौधरी
काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले स्काउटको अवस्था देशभर खस्किँदै गएको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ ।
शनिवार स्काउट डेको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले मधेस प्रदेशमा स्काउटको अवस्था दयनीय रहेको बताए । चौधरीले मधेस प्रदेशको स्थिति हेर्दा देशमा स्काउट हराएको महशुस भएको भन्दै मधेस प्रदेशमा स्काउटको नेतृत्व गर्ने व्यक्तिहरु केही पनि नजान्ने र स्काउटसँग सरोकार नै नराख्ने किसिमका रहेको बताए ।
मन्त्री चौधरीले आफ्नो कार्यकालमा स्काउटलाई राम्रो बनाउने प्रतिवद्धता जनाए । मन्त्री चौधरीले स्काउटमा बारम्बार काम गर्न खोजे पनि काम हुन नसकेको स्वीकार गर्दै स्काउटको नयाँ कार्यसमितिमा कुनै राजनीतिक दबाब बिना कर्मचारी ल्याएको दाबी गरे ।
प्रतिक्रिया