स्थानीय खानेकुरालाई प्रवर्द्धन गर्न जरुरीः बालेन साह
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र(बालेन) साहले स्थानीय खानेकुरालाई प्रवर्द्धन गर्न जरुरी रहेको बताएका छन् ।
शनिवार स्वयम्भू महोत्सवको उद्घाटन गर्दै उनले नेपालको विशेषता भनेकै स्थानीय खानेकुरा, संस्कृति, धर्म, कला भएको उल्लेख गरे । मेयर साहले महोत्सवले नेपालको संस्कार, संस्कृति, धर्म, कला र परिकारहरुको प्रवद्र्धन गर्ने बताए । उनले युवा पुस्तालाई स्थानीय परिकार, धर्म, संस्कृति र कलाको महत्व बुझाउनसके नेपालले धेरै प्रगति हाँसिल गर्ने भन्दै नेपाली परिकारहरु धेरै नै पौष्टिक रहेको र अहिले विदेशीहरुले सिको गरेर खाने गरेको बताए ।
स्थानीय पहिचान र सम्भावना प्रवद्र्धनका लागि काठमाडौँ महानगरपालिका अन्तर्गत वडा नं १५ को आयोजनामा एक हप्ते स्वयम्भू महोत्सव आजबाट शुरु भएको हो ।

परराष्ट्रमन्त्री डा. देउवा जेनेभा प्रस्थान
‘न्याय प्रणालीमा सूचना प्रविधिको प्रयोग बढाउनु आवश्यक छ’
एनसिएलः युवा महँगोमा विक्री हुँदा अनुभवी बिकेनन्
जनताको आवश्यकता अनुसार प्रदेश घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
केआइआइटी घटनाबारे परराष्ट्रमन्त्रीले गरिन् ओडिसाका मुख्यमन्त्रीसँग टेलिफोन वार्ता

धनुषामा विपन्न वर्गका लागि कृषिखाद्य परियोजना

प्रतिक्रिया