धनुषामा विपन्न वर्गका लागि कृषिखाद्य परियोजना

जनकपुर । धनुषामा विपन्न वर्गका लागि कृषिखाद्य परियोजना सुरु भएको छ । विपन्न किसानहरूको सुधार र खाद्य सुरक्षा सुनिश्चित गर्ने उद्देश्यले प्रकृतिमा आधारित कृषि खाद्य परियोजना आजदेखि प्रारम्भ भएको हो । 

परियोजनाको मधेश प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव  विनयकुमार कर्णले आज यहाँ आयोजित एक कार्यक्रममा शुभारम्भ गरे ।

आगामी चार वर्षसम्म सञ्चालन हुने उक्त परियोजना गणेशमान चारनाथ नगरपालिका, शहीद नगर नगरपालिका र जनक नन्दिनी गाउँपालिकासहित अन्य तीन वटा पालिकामा कार्यान्वयन गरिने जानकारी परियोजना शुभारम्भ कार्यक्रममा दिइएको छ ।

परियोजनाबाट धनुषाका पाँच हजार सीमान्तकृत परिवारको खाद्य सुरक्षामा सुधार गर्ने लक्ष्य छ । परियोजनाबाट दुई सय किसान समूह गठन गरी तिनमा आबद्ध सदस्यलाई बिऊबिजनलगायत कृषि सामग्री पनि वितरण गरिनेछ ।

प्रतिक्रिया