रविले सहकारीको रकम ठगेका छन्, सजाय हुनुपर्छ : शेखर कोईराला
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांंसद डा. शेखर कोईरालाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सहकारीको रकम ठगी गरेको दाबी गर्दै सजाय पाउनुपर्ने बताएका छन् ।
शनिवार काठमाडौंमा प्रजातन्त्र सेनानी संघका प्रतिनिधिहरुको सम्मानमा आयोजित चियापान समारोहलाई सम्बोधन गर्दै कोइरालाले रास्वपा सभापति लामिछानेले सहकारीको रकम ठगेको कुरामा कुनै शंका नरहेको भन्दै सजाय पाउनुपर्ने बताए । तर सभापति लामिछानेमाथि भएको मानव अधिकार उल्लंघनबारे सरकार पन्छिन नमिल्ने बताए । मानव अधिकारका कुरा नबुझ्नेहरु कांग्रेसी नहुने उनको तर्क छ ।
सहकारीको रकम हिनामिना गरेको प्रकरणमा केही समय अघि सभापति लामिछानेलाई रातारात पोखरा पु¥याइएको घटनाप्रति आपत्ति जनाउँदै सुरक्षा चुनौति देखाएर सरकारले मानव अधिकारको उल्लंघन गरेको कोइरालाले बताए । नेता कोइरालाले सुरक्षा चुनौति भए किन चितवन लगेको ? भन्दै प्रश्न समेत गरे । कोइरालाले लामिछानेमाथि अन्याय भयो भनेर आफूले नबोलेको दाबी समेत गरेका छन् ।
सांसद कोईरालाले अहिले नेपाली कांग्रेस कमजोर भएको दाबी गर्दै अधिवेशनको टुंगो नलागेकोप्रति आपत्ति समेत जनाएका छन् । कोइरालाले समयमा नै अधिवेशन गर्न सामाजिक सञ्जालबाट दबाब दिन आफू निकट नेता÷कार्यकर्तालाई आग्रह समेत गरेका छन् ।
सांसद कोईरालाले सरकारलाई एमालेकरण हुनबाट जोगाउन सबैले दबाब दिनुपर्ने पनि बताएका छन् ।

परराष्ट्रमन्त्री डा. देउवा जेनेभा प्रस्थान
‘न्याय प्रणालीमा सूचना प्रविधिको प्रयोग बढाउनु आवश्यक छ’
एनसिएलः युवा महँगोमा विक्री हुँदा अनुभवी बिकेनन्
स्थानीय खानेकुरालाई प्रवर्द्धन गर्न जरुरीः बालेन साह
जनताको आवश्यकता अनुसार प्रदेश घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
केआइआइटी घटनाबारे परराष्ट्रमन्त्रीले गरिन् ओडिसाका मुख्यमन्त्रीसँग टेलिफोन वार्ता

धनुषामा विपन्न वर्गका लागि कृषिखाद्य परियोजना

प्रतिक्रिया