छात्रावासको जीवनमा चलचित्र ‘होस्टेल ३’
काठमाडौं । विद्यार्थीको छात्रावास जीवनमा केन्द्रित रहेर चलचित्र ‘होस्टेल ३’ तयार गरिएको छ । यसको श्रव्यदृश्य (ट्रेलर) सार्वजनिक गर्दै निर्देशक सशान कँडेलले विद्यार्थी जीवनको विभिन्न पाटोलाई चलचित्रमा प्रस्तुत गरेको बताए ।
उनले भने, “विद्यार्थी जीवनमा छात्रावासमा बस्नेले त्यही छुट्टै परिवार बनाउनुहुन्छ, त्यहाँको जीवन र भोगाइलाई समाज र अभिभावकले बुझ्न नसकेको गुनासो विद्यार्थीको हुनेगर्छ, त्यसकारण यो अभिभावक र विद्यार्थी दुवैको कथा र व्यथालाई प्रस्तुत गरिएको छ, यसले दुवै पक्षको परिस्थितिलाई उजागर गर्छ ।”
निर्देशक कँडेलले ‘होस्टेल’ र ‘होस्टेल २’ पछि शृङ्खलाकै रुपमा ‘होस्टेल ३’ निर्माण गरिए पनि परिवेश र घटनाक्रम नयाँ रहेको बताए। यसमा पारसवम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुली लगायतका कलाकारले अभिनय गरेका छन् । उल्लेखित कलाकारले यसै चलचित्र मार्फत आफ्नो अभिनय यात्राको शुरुआत गर्दै छन् ।
नवअभिनेता ठकुरीले आफ्नो लागि चलचित्रमा अभिनय र अभिनय सपना झैँ भएको बताए । “मैले यो यात्राको बारेमा सोचेको थिइन्, तर अहिले अभिनय थालेको छु, मैले बुझेको र मलाई सिकाइएको अनुसार आफ्नो पात्रलाई निर्वाह गर्ने कोसिस गरेको छु, यो चलचित्रममा काम गर्दा उस्तै उमेर समूहका भएर हुनसक्छ, हामी साथी बनेका छौँ, होस्टेल जीवन र त्यहाँको यथार्थलाई बुझ्न मदत पुगेको छ ।”
चलचित्रमा माधव शर्माले लेखन, अर्जुन तिवारीले छायाङ्कन निर्देशन, विकास दाहालले सम्पादन, हिमाल केसीले द्वन्द्व निर्देशन गरेका छन् ।
रासस

कुम्भमेलाबाट फर्किएका ४ नेपालीको दुर्घटनामा मृत्यु, ६ जना घाइते

चिनियाँ लगानीमाथि कडा प्रतिबन्ध लगाउने ट्रम्पको आदेश

शनिबार रिहा गर्ने भनिएका ६ जना मध्ये २ इजरायली बन्धक रिहा

विकास–निर्माणका काममा सरकार क्रियाशील छ : मन्त्री शाही

अमेरिकाको एफबीआई निर्देशकमा काश पटेल निर्वाचित

प्रतिशोधात्मक कर लगाउने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

प्रतिक्रिया