हमासले आज ६ जना बन्धकलाई रिहा गर्ने
एजेन्सी । गाजास्थित इस्लामिक लडाकू समूह हमासले शनिबार (आज) ६ जनालाई बन्धकमुक्त गर्दैछ ।
इजराइली सञ्चार माध्यमहरूका अनुसार शनिबार बन्धकमुक्त हुने ६ जनाको सूची शुक्रबार नै हमासले इजराइललाई पठाइसकेको छ । शनिबार बन्धकमुक्त ६ जना नै पुरूष रहेका छन् । ३७ वर्षका अवेरा मेंगिस्तु, ३७ वर्षकै हिशाम अल सैयद, ३९ वर्षका तल शोहम, २७ वर्षका एलिया कोहेन, २३ वर्षका ओमर वेंकर्ट र २२ वर्षका ओमर शेम–तोभ छन् ।
उनीहरूमध्ये अवेरा र हिशाम २०१४ देखि नै हमासको नियन्त्रणमा रहेको टाइम्स अफ इसराइलले जनाएको छ । त्यतिबेला उनीहरू समुद्र तटबाट गजा प्रवेश गर्दा हमासले नियन्त्रणमा लिएको थियो । बाँकी चार जनालाई भने सन् २०२३ को अक्टोबर ७ इजराइल माथि आक्रमण हुँदा हमासले बन्धक बनाएर गजा पु¥याएको हो । उनीहरूलाई हमासले सुपरनोभा फेस्टिबलबाट अपहरण गरेको थियो ।
चारै जना एउटै परिवारका रहेको पनि बताइएको छ । हमासले ६ जना बन्धक छाडेको बदलामा इजराइलले ६०२ जना प्यालेस्टिनी कैदीहरूलाई जेलमुक्त गर्नेछ । हमासले यसअघि २६ जना बन्धक छाडिसकेको छ भने इजराइलले १०९९ जना प्यालेस्टिनी कैदीलाई जेलमुक्त गरेको छ ।
बिहीबार हमासले चार जना इसराइली बन्धकको शव पनि हस्तान्तरण गरेको थियो । तर, चार वटा शवमध्ये एउटा शव बन्धकको नरहेको खुलेको थियो । इजराइली अधिकारीहरूले जसको भनिएको हो उसकै शव पठाउन हमासलाई चेतावनी दिएको समाचारमा उल्लेख छ । पहिलो चरणको युद्धविराम अन्तर्गत बन्धक मुक्त गर्ने भनिएको ३३ मध्ये अब तीन जना मात्रै बाँकी रहेका छन् ।

कुम्भमेलाबाट फर्किएका ४ नेपालीको दुर्घटनामा मृत्यु, ६ जना घाइते

चिनियाँ लगानीमाथि कडा प्रतिबन्ध लगाउने ट्रम्पको आदेश

शनिबार रिहा गर्ने भनिएका ६ जना मध्ये २ इजरायली बन्धक रिहा

विकास–निर्माणका काममा सरकार क्रियाशील छ : मन्त्री शाही

अमेरिकाको एफबीआई निर्देशकमा काश पटेल निर्वाचित

प्रतिशोधात्मक कर लगाउने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

प्रतिक्रिया