अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा भारतीय मूलका पटेललाई सङ्घीय अनुसन्धान ब्युरोका निर्देशक नियुक्त
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय मूलका काश पटेललाई सङ्घीय अनुसन्धान ब्यूरो एफबीआईको निर्देशकमा नियुक्त गरेका छन् ।
नियुक्तिका लागि पटेलले राष्ट्रपति ट्रम्पलाई धन्यवाद दिएका छन् । एफबीआईको नवौं निर्देशक हुन पाउँदा गहिरो सम्मानित महशुष गरेको उनको भनाइ छ ।
डेमोक्र्याटिक पार्टीका सबै सांसदहरूका साथै रिपब्लिकन पार्टीका दुई सांसद सुसान कोलिन्स र लिसा मुर्कोवस्कीले पटेलको नियुक्तिको विपक्षमा मतदान गरेका थिए । पटेलले राष्ट्रपति ट्रम्पको पहिलो कार्यकालमा उनको साथमा काम गरेका थिए । ४४ वर्षीय पटेलले वकिलको रूपमा आफ्नो करियर सुरु गरेका थिए ।
उनले हत्या, लागूपदार्थ र जटिल आर्थिक अपराध सम्बन्धी मुद्दाहरूमा अदालतमा बहस गरेका छन् । अमेरिकी रक्षा मन्त्रालयका अनुसार पटेलले कार्यवाहक अमेरिकी रक्षा सचिव क्रिस्टोफर मिलरको चिफ अफ स्टाफका रूपमा पनि काम गरिसकेका छन ।

कुम्भमेलाबाट फर्किएका ४ नेपालीको दुर्घटनामा मृत्यु, ६ जना घाइते

चिनियाँ लगानीमाथि कडा प्रतिबन्ध लगाउने ट्रम्पको आदेश

शनिबार रिहा गर्ने भनिएका ६ जना मध्ये २ इजरायली बन्धक रिहा

विकास–निर्माणका काममा सरकार क्रियाशील छ : मन्त्री शाही

अमेरिकाको एफबीआई निर्देशकमा काश पटेल निर्वाचित

प्रतिशोधात्मक कर लगाउने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

प्रतिक्रिया