गाजामा मानवीय सहयता पु¥याउने रुसको प्रस्ताव सुरक्षा परिषदमा अस्वीकृत

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद् बैठकमा प्यालेस्टाइनको गाजामा मानवीय सहयता पु¥याउने रुसको प्रस्ताव अस्वीकृत भएको छ । रुसले मानवीय युद्धविराम लागू गरी बन्धकको रिहाइ, सहायता प्रदान, पीडितलाई सुरक्षित स्थानान्तरणलगायतको प्रस्ताव गरेको थियो । रुसको प्रस्तावमा चीन, चीन, गोबान, मोजाम्बिक रुस र युनाइटेड अरब इमिरेट्सले मतदान गरेका थिए । तर फ्रान्स, जापान, बेलायत र अमेरिकाले विपक्षमा मतदान गरेपनि प्रस्ताव अस्वीकृत भएको हो । अल्बानिया, ब्राजिल, इक्वेडर, घाना, माल्टा र स्वीट्जरल्याण्ड मतदानमा सहभागी भएनन् । संयुक्त राष्ट्र संघीय शरणार्थी सम्बन्धी सहायता एजेन्सीका अनुसार गाजामा १० लाख मानिस विस्थापित भइसकेका छन । मृत्यु हुनेको अन्त्येष्टिका लागि पर्याप्त सामग्रीसमेत उपलब्ध हुन छाडेको छ । यसैविच इजरायलको हवाई आक्रमणमा दक्षिणी गाजामा कम्तिमा २५ जनाको मृत्यु भएको छ । गाजा पट्टीमा इजरायली हवाई आक्रमणमा परी महिला र बालबालिका सहितको मृत्यु भएको हो ।  पछिल्लो समय इजरायलले खान युनिस र रफाह क्षेत्रमा आक्रमण तिब्र पारेको छ । यसैविच हमासको सैन्य शाखा अल–कसाम ब्रिगेडले पहिलो पटक इजरायलबाट बन्धक बनाएर गाजामा राखेको भिडियो सार्वजनिक गरेको छ । अक्टोबर ७ को हमलापछि हमासको यो पहिलो भिडियो हो । हमासले १ सय ९९ जनालाई बन्धक बनाएको इजरायलले जनाएको छ । 

प्रतिक्रिया