आजको मौसम : यी प्रदेशका केही स्थानमा चट्याङसहित हल्ला वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ ।
कर्णाली, सुदुरपश्चिमलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहनेछ ।
कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको र यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउनुहुन अनुरोध गरिएको छ ।
रासस

परराष्ट्रमन्त्री डा. देउवा जेनेभा प्रस्थान
‘न्याय प्रणालीमा सूचना प्रविधिको प्रयोग बढाउनु आवश्यक छ’
एनसिएलः युवा महँगोमा विक्री हुँदा अनुभवी बिकेनन्
स्थानीय खानेकुरालाई प्रवर्द्धन गर्न जरुरीः बालेन साह
जनताको आवश्यकता अनुसार प्रदेश घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
केआइआइटी घटनाबारे परराष्ट्रमन्त्रीले गरिन् ओडिसाका मुख्यमन्त्रीसँग टेलिफोन वार्ता

धनुषामा विपन्न वर्गका लागि कृषिखाद्य परियोजना

प्रतिक्रिया