देशमा अझै सुशासन कायम हुन सकेन : शेखर कोइराला

कर्णाली । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले देशमा अझै सुशासन कायम हुन नसकेको बताएका छन् ।
कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा नेपाली कांग्रेसको पूर्वआप्रवासी समन्वय विभागद्वारा आज आयोजित ‘विदेशदेखि स्वदेशसम्म’ विषयक प्रदेश भेलालाई सम्बोधन गर्दै नेता कोइरालाले सुशासनकै लागि वर्तमान सरकार गठन भए पनि अपेक्षित उपलब्धि नभएको बताए ।
उनले सरकारले अध्यादेश ल्याएर गलत गरेको टिप्पणी गरे । नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहनुभएका नेता कोइरालाले भने, “संसद् छँदै जथाभाबी अध्यादेश ल्याउनु राम्रो होइन ।”
नेता कोइरालाले पार्टीभित्र वा पार्टी बाहिरकाले सरकारको खबरदारी गरिरहेको बताए । उनले विसं २०८४ अघि नै कांग्रेस पार्टीको महाअधिवेशन गर्नुपर्ने सुझाव दिए ।
सत्ता गठबन्धनबीच भएको सात बुँदे सहमति कार्यान्वयन नभएको र सरकार सुशासनका साथै अर्थतन्त्र सुधारमा कमजोर देखिएको उनको भनाइ थियो ।
प्रधानसेनापति म्याराथनमा नेपाली सेनाका खड्का प्रथम
स्याङ्जामा ४ सय रोपनीमा सामूहिक आलुखेती
पर्याप्त बजेट अभावमा चितवन राष्ट्रिय निकुञ्जलाई बाघ पाल्न कठिन

मुस्ताङमा सिसा, धातु र प्लास्टिकजन्य फोहर व्यवस्थापन अभियान
ताप्लेजुङको पाथीभरामा यस वर्षकै बाक्लो हिमपात
शुक्लाफाँटा भ्रमण गर्ने पर्यटकलाई ‘नेचर गाइड’ निःशुल्क
म्याग्दीको एउटै वडामा ३ वटा जलविद्युत् आयोजना निर्माण शुरू

प्रतिक्रिया