म्यानमारबाट उद्धार गरिएका ५ नेपालीलाई स्वदेश फर्काइयो

काठमाडौं । अनलाइन स्क्यामिङ कार्यमा लगाइएका पाँच नेपाली नागरिकलाई म्यानमारको मेवाडीबाट उद्धार गरी आज स्वदेश फर्काइएको छ ।

बैंककस्थित नेपाली राजदूतावासले थाइल्यान्ड सरकारको सहयोगमा म्यानमारको मेवाडीबाट उद्धार गरी ‘टाक इमिग्रेसन अफिस मेसोट’ हुँदै थाइल्यान्ड ल्याई चार पुरुष र एक महिलालाई नेपाल फर्काइएको जनाएको छ ।

नेपाल सरकारले तोकेका मापदण्डबमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभन परी छिटो, धेरै पैसा कमाउने हेतु कम्बोडिया लाओस्, म्यानमार र थाइल्यान्ड लगायत वैदेशिक रोजगारीमा नआउनका लागि राजदूतावासले सम्बन्धित सबैमा पुनः अनुरोध गरेको छ म्यानमारबाट उद्धार गरिएका ५ नेपालीलाई स्वदेश फर्काइयो

प्रतिक्रिया