सैद्धान्तिकसँगै सीप विकाससँग जोडेर शिक्षा दिनुपर्छ : उपप्रधानमन्त्री सिंह

कैलाली । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले विद्यार्थीलाई सैद्धान्तिकसँगै सीप विकाससँग जोडेर शिक्षा दिनुपर्ने बताएका छन् ।
टीकापुरस्थित वीरेन्द्र विद्या मन्दिर माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको अवसरमा आज यहाँ आयोजित कार्यक्रमको उद्घाटन गर्दै उनले टीकापुरलाई शैक्षिक नगरका रूपमा विकास गर्नुपर्ने धारणा राखे । उनले शैक्षिक स्तर सुधार गर्न विद्यालयको विकासमा सबै केन्द्रित हुनुपर्नेमा जोड दिए ।
“टीकापुरलाई शैक्षिक नगरका रूपमा विकास गर्न सबैले सहकार्य गर्न जरुरी छ । विद्यार्थीलाई सैद्धान्तिक पढाइसँगै सीप विकाससँग जोडेर विद्यालय तहदेखि शिक्षा दिनु आजको आवश्यकता हो”, उनले भने । उनले प्रविधि तथा सीप विकासमा लगानी गरी दक्ष र सीपयुक्त जनशक्ति उत्पादनमा विद्यालय केन्द्रित हुनुपर्नेमा जोड दिए ।
टीकापुर ‘स्मार्ट सिटी’का रूपमा विकास हुन सुरु भएको भन्दै शिक्षाका माध्यमबाट यसलाई अझ सशक्त बनाउनुपर्ने उनले धारणा राखे । “केही समय स्मार्ट सिटीका कार्यक्रमहरू अघि बढ्न सकेका छैनन्, आगामी दिनमा यसलाई निरन्तरता दिने प्रतिबद्धता गर्दछु”, उनले भने ।
सामुदायिक र निजी विद्यालयको ‘मितेरी’ सम्बन्ध
_lFhDa96moc_c7acympvulszzwkdq3tltyzliy0g5c21owfvp108ioacqsq2opy7a8nre3kr_SvGWKrou0F_bagi69hhymsfj4mh7dwsocc74hlrxbtmrjor8blbqhij7fbz6zrxjsccgidx.jpg)
सामुदायिक विद्यालयको गुणस्तर सुधारमा सघाउने अध्यक्ष दाहालको प्रतिबद्धता

झापामा प्रविधिको प्रयोग गरेर चैते धान रोपिँदै
पोखरा विश्वविद्यालयबाट ७ हजार ८७२ विद्यार्थी दीक्षित हुँदै

प्रजातन्त्र दिवसको अवसरमा बालिकालाई भोजन
चित्रकला र संगीतले विद्यार्थीको सिर्जनात्मकतालाई उजागर गर्छ : प्रमुख साह

सामुदायिक विद्यालयका शिक्षकलाई प्रविधिमा दक्ष बनाइँदै

प्रतिक्रिया