युद्धका विच अमेरिकी राष्ट्रपति बाइडेन बुधबार इजरायल जाने

अमेरिकी राष्ट्रपति जो बाइडेनले भोलि बुधबार इजरायलको भ्रमण गर्ने  भएका छन् । इजरायलमा रहेका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले बाइडेनले भोलि बुधबार बाइडेन इजरायल आइपुग्ने घोषणा गरेका हुन् । राष्ट्रपति बाइडेनको भ्रमण र अन्य विषयमा छलफल गर्न जेरुसेलममा रहेको अमेरिकी दूतावासमा सोमबार एन्टोनी ब्लिन्केनल सहितका शीर्ष अमेरिकी कूटनीतिज्ञ र प्रधानमन्त्री बेन्जामिन नेतन्याहुबीच सात घण्टा लामो बैठक भएको थियो ।बाइडेनको इजरायल भ्रमणमा प्यालेस्टाइनको लडाकु समूह हमाससँगको युद्ध कसरी अघि बढाउने र नागरिकको जीवन रक्षाका विषयमा छलफल हुने ब्लिन्केनले बताएका छन् । यस्तै, नागरिकको हताहतलाई कसरी कम गर्ने र गाजामा राहत तथा उद्धारका कामको बारेमा पनि ठोस निर्णय हुने सम्भावना रहेको छ । नेतान्याहुको निमन्त्रणामा बाइडेनको भ्रमण भएको हो । इजरायलमा यसपटक हमासले गरको आक्रमणपछि दुवै पक्षबाट अहिलेसम्म ४ हजार भन्दा धेरैको ज्यान गएको छ । १२ सय जना बेपत्ता छन् । हमासको जवाफी कारबाही भन्दै इजरायलले गाजामा गरेको अन्धाधुन्ध आक्रमणले सहर कंक्रिटमा परिणत भएको छ । उपचार, खाना, पानी, बासस्थान र बिजुलीको चरम अभावमा मानिस निकै कष्टकर अवस्थामा पुगेका छन् । 
 

प्रतिक्रिया