बिना अनुमति रेडियो उपकरण बिक्री, वितरण नगर्न आग्रह
काठमाडौं । सूचना तथा प्रसारण विभागले लाइसेन्स–अनुमति नलिई वाकीटकीलगायतका रेडियो उपकरण आयात, बिक्री, वितरण तथा प्रयोगलाई तत्काल बन्द गर्न सूचना जारी गरेको छ ।
विभागले आज एक सूचना जारी गरी सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र नियमानुसार लाइसेन्स लिएर मात्र त्यस्तो कार्य गर्न गराउन सम्बन्धित सबैलाई जानकारी गराएको छ । लाइसेन्स नलिएमा प्रचलित कानुनबमोजिम कारबाही हुने विभागले जनाएको छ ।
विभागका महानिर्देशक प्रदीप परियारले पछिल्लो समयमा सामाजिक सञ्जाल, फेसबुक, अनलाइन प्रयोग गरेर अनुमति नलिई वाकीटकी, जिपीएस ट्र्याकलगायत रेडियो उपकरण अवैध बिक्री वितरण भइरहेको गुनासो आएकाले कानुन पालना गराउन सूचना जारी गरिएको बताए ।

कुम्भमेलाबाट फर्किएका ४ नेपालीको दुर्घटनामा मृत्यु, ६ जना घाइते

चिनियाँ लगानीमाथि कडा प्रतिबन्ध लगाउने ट्रम्पको आदेश

शनिबार रिहा गर्ने भनिएका ६ जना मध्ये २ इजरायली बन्धक रिहा

विकास–निर्माणका काममा सरकार क्रियाशील छ : मन्त्री शाही

अमेरिकाको एफबीआई निर्देशकमा काश पटेल निर्वाचित

प्रतिशोधात्मक कर लगाउने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

प्रतिक्रिया