अर्धवार्षिक प्रगति विवरणमा स्वास्थ्य मन्त्रालय दोस्रो स्थानमा
काठमाडौं । मन्त्रालय÷निकायगत माइलस्टोनको अर्धवार्षिक प्रगति विवरणमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दोस्रो स्थान प्राप्त गरेको छ ।
विसं २०८१ पुस महिनासम्म सम्पन्न हुुनुपर्ने गरी लक्ष्य निर्धारण भएका ६५१ वटा माइलस्टोनको विश्लेषण गर्दा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र नेपाल ट्रष्टको कार्यालयको शत्प्रतिशत माइलस्टोन सम्पन्न भएको देखिएको छभने राष्ट्रिय सतर्कता केन्द्रको सम्पन्न प्रतिशत भने शून्य रहेको छ ।
हालै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको पुससम्मको कार्यप्रगतिका आधारमा मन्त्रालय तथा निकायगत आधारमा तेस्रो तथा मन्त्रालयहरूबीचको मूल्याङ्कनमा दोस्रो स्थानमा रहेको पाइएको छ । विवरणअनुसार पुस मसान्तसम्ममा स्वास्थ्य मन्त्रालयले कुल ५२ मध्ये सम्पन्न गर्नुपर्ने ११ काममा नौवटा सम्पन्न गरिसकेको विवरणमा उल्लेख छ ।
यी प्रगतिका आधारमा कार्यालयले स्वास्थ्य मन्त्रालयलाई ८१ दशमलव ८ अङ्क प्रदान गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले प्रधानमन्त्रीसँग तथा स्वास्थ्य सचिव डा रोशन पोखरेलले मुख्य सचिवसँग कार्यसम्पादन सम्झौता गरेका थिए ।
लोकतन्त्रको विकल्प छैनः गृहमन्त्री लेखक

उद्योगहरूको लाइन नकाट्न कुलमान घिसिङलाई नियमन आयोगको निर्देशन
रविले सहकारीको रकम ठगेका छन्, सजाय हुनुपर्छ : शेखर कोईराला
प्रधानसेनापति म्याराथनमा नेपाली सेनाका खड्का प्रथम
स्याङ्जामा ४ सय रोपनीमा सामूहिक आलुखेती
पर्याप्त बजेट अभावमा चितवन राष्ट्रिय निकुञ्जलाई बाघ पाल्न कठिन

प्रतिक्रिया