कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले बुधबार विश्वासको मत लिने
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बुधबार विश्वासको मत लिने भएका छन । कार्कीले विश्वासको मत लिने प्रयोजनले प्रदेश सभाको बैठक बोलाइएको हो । प्रदेशसभा सचिवालयले आज एक सूचना जारी गर्दै प्रदेश सभा बैठक बोलाइएको जानकारी दिएको हो । तत्कालीन मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिनुअगावै पदबाट राजीनामा दिएपछि असोज २० गते बैठक स्थगित गरिएको थियो । मुख्यमन्त्री कार्कीले आइतबार पद तथा गोपनीयताको शपथ लिएका थिए । उनले हिजो शपथ लिएपछि तत्कालै विश्वासको मत लिने तयारी गरेका हुन । काँग्रेस नेता कार्की एमालेका ३९ र काँग्रेसमा कोइराला पक्षका ८ सांसदको समर्थनबाट शनिबार मुख्यमन्त्री नियुक्त भएका हुन् ।
प्रतिक्रिया