पार्टीका लागि सत्ता प्राथमिकतामा छैन: शंकर पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिले आफ्नो पार्टीका लागि सत्ता प्राथमिकतामा नरहेको बताएका छन्। प्रेस चौतारी नुवाकोटले आज बट्टारमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै महासचिव पोखरेलले एमाले सरकार बनाउने र गिराउने खेलमा नलागेको दाबी गरे । महासचिब पोखरेलले कोशीमा सरकार बिहिनताको अवस्था रहन नदिन मात्रै एमालेले समर्थन गर्नु परेको बताए ।
महासचिब पोखरेलले पछिल्लो मत परिणामले एमालेलाइ लोकप्रिय दलको रुपमा स्थापित गरे पनि अन्य दलले चौतर्फी घेराबन्दी गरि सरकारको नेतृत्व गर्न नदिएको उनको आरोप छ । पोखरेलले अगामी चुनाबबाट एमालेले बहुमत प्राप्त दलको रुपमा सरकार बनाउने बताए ।
प्रतिक्रिया