‘संविधान संशोधन आवश्यक’
लेखनाथ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं पार्टीको पेसागत तथा वुद्धिजीवी विभाग प्रमुख डा. डिला सङ्ग्रौलाले वर्तमान संविधान संशोधन गर्न आवश्यक भएको बताएका छन् ।
नेपाली कांग्रेस गण्डकी प्रदेशद्वारा शनिबार पोखरामा आयोजना गरिने ‘संविधान संशोधनः आवश्यकता र चुनौती’ विषयक गण्डकी प्रदेशस्तरीय अन्तरक्रिया कर्यक्रमबारे जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नेता डा सङ्ग्रौलाले वर्तमान निर्वाचन प्रणालीबाट कुनै पार्टीको बहुमत नआउने र जनताको चाहना पूरा गर्न सक्ने अवस्था नभएकै कारण संविधान संंशोधनमार्फत निर्वाचन प्रणाली लगायतका समस्या समाधान गर्नेतर्फ कांग्रेस अगाडि बढ्ने बताएका हुन् ।
गणतन्त्र पछि पनि नेपाली जनताका चाहना पूरा गर्न नसकिएको स्वीकार गर्दै नेता डा सङ्ग्रौलाले प्रदेश सरकारको औचित्यका बारेमा पनि नागरिकस्तरबाट कुरा उठ्न थालेको बताए ।
नेपाली जनताका चाहनालाई पूरा गर्न ठूला राजनीतिक दलले संविधान संशोधन गरेर भए पनि अगाडि बढ्नुपर्नेमा उनले जोड दिए । संविधान संशोधन गरेर भए पनि जनतालाई सुशासन दिने काममा कांग्रेस जुटेको उनले बताए ।
नेता डा. सङ्ग्रौलाले यस क्षेत्रका कांग्रेसका विभिन्न पेसागत सङ्गठनका प्रतिनिधिहरुको उपस्थितिमा संविधान संशोधनसम्बन्धी दुई कार्यपत्र प्रस्तुत गर्नुका साथै कार्यपत्रमाथि छलफल हुने जानकारी दिए।
हमासले आज ६ जना बन्धकलाई रिहा गर्ने
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा भारतीय मूलका पटेललाई सङ्घीय अनुसन्धान ब्युरोका न…

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै

यस्तो छ आजको तरकारी एवं फलफूलको थोक मूल्य
निर्धारित समय अगावै ‘ग्रे लिष्ट’बाट बाहिर निस्कन्छौं : अर्थ मन्त्री पौडेल

प्रतिक्रिया