प्यालेस्टिनी लडाकुद्वारा ४ इजरायली बन्धकहरूको शव हस्तान्तरण
एजेन्सी । प्यालेस्टिनी सशस्त्र समूहहरूले बिहीबार दक्षिणी गाजा पट्टीको खान युनिसमा रहेको रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आइसिआरसी) टोलीलाई चार इजरायली बन्धकहरूको शव हस्तान्तरण गरेको प्यालेस्टिनी स्रोतहरूले बताएका छन् ।
जारी युद्ध विराम सम्झौता अन्तर्गत मृतक बन्धकहरूको पहिलो स्वदेश फिर्ताको रूपमा हस्तान्तरण बानी सुहैला चिहान नजिकै हमासको सशस्त्र शाखा अतल–कसम ब्रिगेड र अन्य प्यालेस्टिनी गुटहरूको सदस्यहरूको उपस्थितिमा भएको सैन्य परेडको क्रममा भएको हो ।
यसमा कफिनहरू राखिएको प्लेटफर्म वरिपरि नकाबधारी बन्दुकधारीहरूको ठुलो भीड देखाइएको थियो । आइसिआरसी टोली आइपुगेपछि अतल–कसम ब्रिगेडका एक लडाकुले कालो पर्दा उठाएका थिए । मृतकहरूको तस्बिर सजिएका चार कालो काठका कफिनहरू देखाएका थिए ।
हमासले एक प्रेस विज्ञप्तिमा शवहरू इजरायलसँगको द्वन्द्वको क्रममा गाजा पट्टीमा मारिएका शिरी बिबास, उनका दुई सन्तान, केफिर र एरियल बिबास र एक वृद्ध पुरुष ओडेद लिफशिट्जको हो ।
अक्टोबर ७, २०२३ मा इजरायलमा हमासको आक्रमणको क्रममा चार जनालाई बन्धक बनाइएको थियो ।
हमासले आज ६ जना बन्धकलाई रिहा गर्ने
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा भारतीय मूलका पटेललाई सङ्घीय अनुसन्धान ब्युरोका न…

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै

यस्तो छ आजको तरकारी एवं फलफूलको थोक मूल्य
निर्धारित समय अगावै ‘ग्रे लिष्ट’बाट बाहिर निस्कन्छौं : अर्थ मन्त्री पौडेल

प्रतिक्रिया