उपप्रधान एवं गृहमन्त्री श्रेष्ठ चीन प्रस्थान
उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ आज चीन प्रस्थान गरेका छन । चीनले आयोजना गर्न लागेको ‘थर्ड बेल्ट एन्ड रोड फोरम फर इन्टरनेसनल को–अपरेसन’मा सहभागी हुन् दिउसो उनी त्यसतर्फ प्रस्थान गरेका हुन । बिआरआईसम्बन्धी कार्यक्रम कात्तिक १ र २ मा हुँदैछ । सम्मेलनको उदघाटन
चिनियाँ राष्ट्रपति सी जिनपिङले गर्ने तालिका छ । चिनियाँ राष्ट्रपतिले बिआरआई अवधारणा अघि सारेको एक–दशकका अवसरमा कार्यक्रम हुन लागेको होरु। उपप्रधानमन्त्री श्रेष्ठ मंगलबार चिनियाँ राष्ट्रपतिद्वारा आयोजित स्वागत समारोहमा सहभागी हुने बताइएको छ । चीनका पब्लिक सुरक्षासम्बन्धी मन्त्री तथा स्टेट काउन्सिलर तथा चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय सचिवालयका सदस्य वाङ सियाहोङको निमन्त्रणामा श्रेष्ठ जान लागेका हुन । उपप्रधानमन्त्री श्रेष्ठले कात्तिक एक गते ग्रिन डेभलपमेन्ट हाई लेभल फोरम अफ बिआरआई समिटलाई सम्बोधन गर्नेछन । उपप्रधानमन्त्री श्रेष्ठले २ कात्तिकमा चीनको आपतकालीन व्यवस्थापन मामिलामन्त्री वाङ सियाङचीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । यसैगरी, उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभाग प्रमुख लिउ जियाङचाउसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छरु। चिनियाँ विदेश मन्त्रालयका अनुसार हालसम्म विश्वका १५० मुलुक र ३० वटा अन्तर्राष्ट्रिय संस्थाहरूले बिआरआईमा हस्ताक्षर गरिसकेका छनरु। नेपालले सन् २०१७ बिआरआईमा सहभागी हुने सम्झौता गरेको छ ।।
प्रतिक्रिया