सुदूरपश्चिम र कर्णाली क्षेत्रको हवाइ टिकट सर्वसाधारणको पहुँच बाहिर
सडक सञ्जाल नपुगेका सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली क्षेत्रका सर्वसाधरणलाई हवाई टिकट पाउन सधैँ मुस्किल हुने गरेको छ । मौसमको प्रतिकुलता र एयरलाईन्सहरुको सिमित उडान भएकाले हवाई टिकटमा ठूलाबडाको मात्रै वर्चश्व हुने गरेको देखिन्छ । नेपाल वायुसेवा निगमका उडानहरु अत्यन्तै न्युन हुनु, निजी एयरलाइन्सहरुले पनि नियमित उडानलाई भन्दा चार्टर उडानलाई प्राथमिकतामा राखेका कारण नियमित हवाई उडानमा सर्वसाधरणलाई टिकट पाउन मुस्किल हुने गरेको हो ।
नेपालगञ्जबाट हिमाली क्षेत्रमा उडानका लागि सर्वसाधरणले हवाई टिकट पाउन कि त ठूला नेतालाई भन्नुपर्छ कि त विचौलियालाई भेटनुपर्ने अवस्था छ । सामान्य ढंगले आफँै टिकट लिन्छु भन्ने हो भने महिनौँसम्म पनि टिकट पाउन नसकिने अवस्था रहेको जनप्रतिनिधिको भनाइ छ ।
नेपाल वायुसेवा निगमका कम उडान र भएका उडान पनि समयमा नहुने भएकाले समस्या भएको कर्णालीका बासिन्दाको गुनासो छ । विदेशी टोली आउँदा दिनमा ५ वटा सम्म चार्टर गर्ने निजी एयरलाईन्सहरुले ती उडानमा स्थानीयका लागि एउटा पनि सिट राख्ने गरेका छैनन ।
प्रतिक्रिया