बालेनले ट्रम्पलाई सम्बोधन गर्दै भने - डिभी दासत्व बन्द गर

काठमाडौं ।  काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सम्बोधन गर्दै टिप्पणी गरेका छन् ।

बालेनल समाजिक सञ्जाल फेसबुक मार्फत उक्त टिप्पणी गरेका हुन् ।  अमेरिका र अन्य देशबीचको सम्बन्ध तथा अमेरिकी आप्रवासन नीति (डीभी लट्री) बारे धारणा सार्वजनिक गर्दै अमेरिका बाहिरी श्रमिकहरूमा निर्भर र अल्छी रहेको आरोप बालेनले लगाएका छन् ।

अमेरिकीहरु आफू काम गर्न नसक्ने र काम गर्नका लागि अरु देशको जनशक्ति आवश्यक पर्ने गरेको बालेनले बताएका हुन् ।

उनले अमेरिका भन्दा नेपाल देश राम्रो छ भनेर महसुस गराएको भन्दै ट्रम्पलाई धन्यवाद पनि व्यक्त गरेका छन् ।

प्रतिक्रिया