सानो देशको नागरिक भनेर हीनताबोध नगर्न प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि देशको सार्वभौमसत्ता सानो वा ठुलो नहुने उल्लेख गर्दै सानो देशको नागरिक भनेर हीनताबोध नगर्न आग्रह गरेका छन् ।
 
बिहीबार पोखरा विश्वविद्यालयको २०औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाल दुई ठुला देशको बीचमा परेर सानो देखिएको भए पनि प्राकृतिक र सांस्कृतिक रूपमा ठुलो रहेको बताए । 

उनले इमानदारिताले मात्र सफलता प्राप्त हुने उल्लेख गर्दै इमानका साथ मेहनत गर्न विद्यार्थीलाई आग्रह गरे । उनले इमानदारिताका साथ मेहनत गरेर समाज र देशको लागि उपयोगी हुन समेत विद्यार्थीलाई आग्रह गरे । 

उनले विद्यार्थीलाई असल आचरण घरपरिवारबाटै सिकाउन समेत अभिभावकलाई आग्रह गरे । सफलता बेइमानीले नभई इमानदारिताले मात्र प्राप्त गर्न सकिने उनको भनाइ छ ।

उनले भने, “मैले धेरै ठाउँमा भन्ने गरेको छु, सधैँ इमानदार हुनुस् । इमानदारिताको फलमात्र श्रेययुक्त हुन्छ र सफल पनि हुन्छ । चोरले चोर्न सक्यो र पकेटमारले पकेट मार्न सक्यो भने त्यो सफलता होइन, सफलता सकारात्मक कुरालाई मात्र भनिन्छ, समाजको हितको लागि गरिने कुरालाई मात्र भनिन्छ । आफ्ना निम्ति राम्रो अरूका लागि नराम्रो हुँदैन । सफलता इमानदारिताले मात्र पाइन बेइमानीले पाइँदैन । बेइमानीले लुट्न कोही सफल भयो भने त्यो चरम असफल भयो । कुनै दिन कसैले केही थाहा पायो भने त्यो जेल गयो । त्यसलाई सफलता भनिँदैन । सफल हुनका लागि हामीले इमानदार हुनपर्दछ, सफल हुनका लागि हामी मेहनती हुनपर्दछ । इमान र इमानदारितामा आधारित सफलता पाउनुपर्दछ । तपाईँहरू समाज र देशका लागि उपयोगी हुनुपर्दछ ।”

प्रतिक्रिया